Rule 9
सम्पत्ति रोक्का गर्न सकिने
(१) कुनै व्यक्तिले उत्पादन स्थलबाट अन्तशुल्क लाग्ने वस्तु अन्तशुल्क छली निष्काशन गरी वा विदेशबाट पैठारी गरी लिई जान लागेको अन्तशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले फेला पारेमा त्यस्तो वस्तु लान नपाउने गरी अन्तशुल्क अधिकृतले रोक्का राख्न सक्नेछ ।
(२) कुनै व्यक्तिले ऐन र यस नियमावली बमोजिम बुझाउनु पर्ने अन्त शुल्क म्यादभित्र नबुझाएमा अन्तशुल्क अधिकृतले त्यस्तो व्यक्तिको सम्पत्ति रोक्का राख्न सक्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम अन्तशुल्क अधिकृतले रोक्का राखेको वस्तु वा सम्पत्ति विक्री वितरण वा कुनै पनि किसिमले हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्नको लागि त्यस्तो वस्तु वा सम्पत्ति रोक्का गर्न त्यस्तो वस्तु वा सम्पत्ति रोक्का राख्न सम्बन्धित कार्यालयमा लेखी पठाउनु पर्नेछ । यसरी रोक्का राख्नको लागि लेखी आएकोमा त्यस्तो वस्तु वा सम्पत्ति रोक्का राखिदिनु सम्बन्धित कार्यालयको कर्तव्य हुनेछ ।